काठमाडौँ: नेपाली महिला क्रिकेट टोली पहिलो पटक उपाधि उचाल्न चुकेको छ।

थाइल्याण्डमा सम्पन्न महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टोलीसँग ७० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको हो।

थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाली महिला टोलीले १७.२ ओभरमा सवै विकेट गुमाएर ५१ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि नेरी थापाले सर्बाधिक १७ रन जोडिन्। यस्तै सिता रानामगरले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका चार ब्याट्सवुमनले रननै जोड्न सकेनन्। इन्दु बर्मा, डोली भट्ट, कविता कुँवर र आरती विडारीको नाममा कुनै रन रहेन।

नेपालले लगातार विकेट गुमाइरह्यो। पहिलो ओभरमै नेपालले ओपनर काजल श्रेष्ठलाई १ रनमै गुमाएको थियो। पहिलो ओभरको पाँचौ बलमा उनी रन आउट हुन पुगिन्।

यस्तै ३० रन जोड्दा नेपालले पाँच विकेट गमुाइसकेको थियो। ५० रनमा नेरी थापाले गुमाएको नेपालले त्यसपछि एक रनमात्रै जोड्दा चार विकेट गुमाएको थियो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version