काठमाडौँ: सुन तस्करीसम्बन्धी मुद्दा पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषदले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधिश कुलरत्न भुर्तेललाई समेत कारवाही स्वोरुप काठमाडौँ तानेको छ।
परिषद बैठकले सोमबार भुर्तेललाई न्यायपरिपरिषद सचिवालयमा काज सरुवा गरेको हो।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा आरोपीबारे जिल्ला अदालतले गरेको थुनछेक आदेश विरुद्धको निवेदन व्यस्थापनका क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ।
यस्ता निवेदनहरु उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछी अलगअलग गरेर इजलास बाँडेको भेटियो, परिषद स्रोतले भन्यो। ‘पेसी व्यवस्थापनलगायत कतिपय कार्यविधिका बिषयबस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो।’
न्यायपरिषदले उच्च अदालत बिरत्नागर्को घटनाबारे छानविन गर्न सर्बोच्च अदालतका न्यायाधिश इश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ।
उनले १५ दिनभित्र छानविन प्रतिवेदन बुझाउनेछन्।
यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, थिरबहादुर कार्की, सारंगा सुवेदी, उमेश कुमार सिंह र उमेशप्रसाद पौडेल काठमाडौँ झिकाइएका थिए। यो समाचार आजको प्रथम पृष्ठमा कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।
