काठमाडौँ: राजधानीको थापाथलीलाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ११: २६ बजे ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार थापाथली केन्द्रबिन्दु भएर सामान्य खालको भूकम्प गएको छ। राजधानीलाई केन्द्रबिन्दु बनाएको हुनाले जमीन मुनिबाट ठुलो आवाज आएको जस्तो सुनिएको हो, केन्द्रले भन्यो।

मानिसहरु एकाएक भूँचालो भूँचालोभन्दै अत्तालिएका थिए।

केन्द्रका अनुसार आज गएको भूकम्प पनि गोरखा भूकम्पको एउटा सानो परकम्प मात्रै हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version