काठमाडौँ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ ।

बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version