काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले आरोप लगाएको छ । सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ ।

हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version