ज्ञानेन्द्र मल्ल ४४ रन बनाएर आउट हुँदा नेपालको दोश्रो विकेट झर्यो । १९ ओभरको खेल चलिरहँदा नेपालले ७० रनमा दुई विकेटको क्षेती व्यहोरेको छ । अहिले क्रिजमा कप्तान पारस खड्का र दिपेन्द्र सिङ्ग एरी छन् ।

काठमाडौँ:घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिलो ब्याटिङ शुरु गरेको छ ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।

यो समाचार तयार पार्दासम्म नेपालले विना विकेटको क्षतिमा नौ ओभरमा ३९ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा विनोद भण्डारीले १६ रन बनाएर खेलिरहेका छन् ।

पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । आजको खेलमा पराजित भए नेपालको सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । आज नेपालले स्पिनर वसन्त रेग्मीको स्थानमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई मौका दिएको छ ।

अघिल्लो खेलमा १ ओभर मात्र बलिङ पाएका वसन्त पूर्णरुपमा फिट रहेका थिएनन् । नेपाल सिरिजमा १–० ले पछाडि छ । आजको खेलमा पराजित भए नेपालले एक खेलअगावै सिरिज गुमाउने छ ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version