काठमाडौँ: विगत चार दिनमा फुलचोकीमा हिउँ खेल्न जाने र फुलचोकीको पदयात्रामा रमाउनेको संख्या २८ हजार पुगेको छ।

राजधानीमा ९ गतेदेखि वर्षा भएसंगै लगातार फुलचोकीमा हिउँ परेको थियो जसले गर्दा उपत्यकार भरका युवा युवती आ-आफ्नो समूह बनाएर फुलचोकीमा हिउँ खेल्न आएको, बाँडेगाउँस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक श्याम कटवालले पहिलोक्लिकलाई जानकारी दिए।

उनका अनुसार ९, १० र ११ गते जम्मा १४ हजारले फुलचोकीको यात्रा गरेका थिए भने हिजो शनिबारमात्रै (१२ गते) एकै चोटी थप १४ हजार जनाले फुलचोकीको यात्रा गरेका हुन्।

यही क्रममा शनिबार दुई छुट्टा छुट्टै समुहका ६ जना हराएको र पछि सम्पर्क भई उद्दार गरिएको उनले बताए। एक समूहका २ र अर्का समुहबाट ४ जना हराएको भन्ने खबर पाउनासाथ खोज उद्दारमा खटिएका सुरक्षाकर्मीले उनीहरुको उद्धार गरेको हो, कटवालले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version