काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ८ दशमलब ५७ अंकले घटेर एक हजार १५३ दशमलब ०६ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७२ अंकले घटेर २४५ दशमलब ०८ अंकमा झरेको छ ।

आज कूल १६९ कम्पनीका १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरीद बिक्री भएका छन् ।

आजको कारोवारमा ब्यापार बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

बाणिज्य बैंक ५ दशमलब ६४ अंक, विकास बैंक ८ दशमलब ७१ अंक र जलबिधुत १८ अंकले घटेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ३६ दशमलब ३१ अंकले, जीवन बीमा ३७ दशमलब ५३ अंकले र लघुवित्त २ दशमलब ८ अंकले घटेका छन् ।

यधपी, व्यापार समूहको परिसूचक २ दशमलब ८७ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version