काठमाडौँ: साताको दोस्रो कारोवारको दिन पनि पूँजी बजारमा गिरावट जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सोमबार ८ दशमलब ८५ अंकले घटेर एक हजार १४४ दशमलब २७ अंकमा पुगेको छ ।
आइतबार नेप्से ८ दशमलब ५७ अंकले घटेर एक हजार १५३ दशमलब ०६ अंकमा पुगेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८१ अंकले घटेर २४३ दशमलब २८ अंकमा झरेको छ ।
आज कूल १६२ कम्पनीका १२ लाख ९ हजार ८६८ कित्ता शेयर ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा होटेल बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
बाणिज्य बैंक ६ दशमलब १९ अंक, विकास बैंक ९ दशमलब ७५ अंक र जलबिधुत १९ दशमलब ५२ अंकले घटेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक २० दशमलब २४ अंकले, जीवन बीमा ६४ दशमलब ९८ अंकले र लघुवित्त १३ दशमलब ९१ अंकले घटेका छन् ।
यधपी, होटल समूहको परिसूचक शुन्य दशमलब ३७ अंकले बढेको छ ।
