काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले थप तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६ स्थित कपिलाकोट, बझाङ जिल्लाको मष्टा गाउँपालिका– ३ स्थित भातेखोला र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ स्थित हाङपाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

तीन वटै नयाँ शाखाबाट बैंकिङ सेवा सुरु भइसकेका छन् । यी तीन नयाँ शाखासँगै वाणिज्य बैंकको शाखा संख्या १९५ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । यस बैंकको हाल ७१ जिल्लामा १९५ वटा शाखा कार्यालय सहित १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्म आइपुग्दा बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यसअवधिमासम्ममा बैंकले ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version