काठमाडौँ: प्रहरीले ३३ लाख बराबरको राजस्व छली गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ।
धान बोकेको लु १ ख ३३१० नम्बरको ट्रकमा लुकाई नेपाल भित्र्याउने क्रममा पर्साको ठोरीबाट तीन जना व्यक्तिसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
ट्रकबाट प्रहरीले नौ गाँठ कपडा पक्राउ व्यक्तिसहित आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरीले सार्वजनिक गरेको छ।
बरामद सामान ३३ लाखभन्दा बढी मूल्यको रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कपडासहित नियन्त्रणा लिएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बझाइएको छ। तस्वीर: बिजय कुमार महतो, पर्सा, रासस
Facebook Comments Box
