काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताउनुभएको छ ।

बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।” उहाँले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी पे्रसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी पे्रसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने बताउनुभयो ।

उहाँले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताउनुभयो । ‘विकासले गति लिएको छ’ उहाँले थप्नुभयो, “तपार्इंहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।” उहाँले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई रु ६ करोड दिइएको र केही समयपछि रु चार करोड थपिदिने बताउनुभयो । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागार्इंले शहीद मार्गका लागि प्रदेश सरकारले रु ५० लाख छुट्याइएको बताउनुभयो ।

सो अवसरमा बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र नपा उपप्रमुख रेखा दाहालले विकासका हरेक योजनामा गुणस्तरलाई ध्यान दिने बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version