काठमाडौँ: सरकारको मन्त्रीपरिषद्को निर्णय अनुरुप नेपाली सेनाका पाँच सहायक रथीहरुको बढुवा तथा पदस्थापन गरिएको छ।

यही माघ २५ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका पाँच जना सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई आज जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नती भएका उपरथी बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति, उपरथी सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, उपरथी अनन्त कार्कीलाई कार्यरथी विभाग, उपरथी सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र उपरथी ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version