काठमाडौं: शिवम् सिमेन्ट्स लिमिटेडले यही फागुन ६ गतेदेखि सार्वजनिक निष्काशन खुल्ला गर्ने भएको छ ।

शुक्रबार जारी गरिएको एक सूचना अनुसार सर्वसाधारणका लागि प्रति शेयर ३०० का दरले जम्मा ४१ लाख २० हजार कित्ता शेयर जारी गर्ने छ भने आयोजाना प्रभावितका लागि प्रति किटा शेयर दरले ५ लाख ७९ हजार ६८० कित्ता जारी गर्ने छ।

सूचना अनुसार आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने जनाइएको छ।

आवेदन फागुन ११ गते खुलेर छिटोमा ०९ गतेसम्म र ढिलोमा चैत ०५ गतेसम्म रहने जनाइएको छ।

यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहने छ।

आवेदन सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत तथा मेरो शेयर प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version