काठमाडौं: नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डालाई शुक्रबार प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ। आज बिहान एक समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले प्लाष्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा नकरात्मक प्रभाव पार्ने भएकोले यसको प्रयोग सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको बताए ।

प्रधानसेनापति थापाले नेपाली सेनाका सम्पूर्ण युनिटहरुलाई प्लाष्टिकमुक्त क्षेत्र कायम गर्न निर्देशनसमेत दिएका छन् ।

साथै निषेध गर्नुपर्ने प्लाष्टिकजन्य बस्तुलाई निषेध र पुनः प्रयोगमा ल्याउन सकिनेलाई सोही अनुसार ब्यबस्थापन गर्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

प्रधानसेनापति थापा कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धता अनुसार सुरुआत गरिएको प्लाष्टिक निषेधि क्षेत्र कार्यक्रममा रथी, अधिकृत र अन्य सहभागीले जङ्गी अड्डा परिसरमा सरसफाइसमेत गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version