काठमाडौँ: ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन्।

पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् ।

पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै प्रतिकृया दिइसकेको छैन।

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version