काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताएका छन् ।

धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, “सुखी नेपाली र समृद्ध नेपालको संवाहक केन्द्र सरकार मात्र हैन, प्रदेश सरकार र स्थानीय तह पनि हुन् ।” उनले तीनै तहका सरकार समृद्धिको अभियानमा दत्तचित्त रहनुपर्ने आवश्यकता औँल्याए । उनले तीनै तहका सरकारले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हरेक दिन एक पाइला अघि बढ्नुपर्छ’ भन्ने मान्यतालाई सरकारका प्रतिनिधिले अंगाल्नुपर्ने मन्त्री बाँस्कोटाले बताए ।

“प्रमको मान्यतालाई अंगाल्दै तीव्र गतिमा परिवर्तन गर्नु जरुरी छ, यसमा स्थानीय तह पनि कर्तव्यबोधका साथ अघि बढोस्”, उनले भने, “कुनै पनि देश एकैपटक विकसित भएको छैन ।” कैयाँै हण्डर र ठक्कर खाएर मात्रै अन्य मुलुक समृद्ध बनेका उनको भनाइ थियो । नवनिर्माणको यस चरणमा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर वर्तमान सरकारले मजबुत, सुदृढ र दीगोपनका साथ विकास गर्ने उनले बताए । वर्तमान सरकारको एक वर्षको अवधिमा आलोचनासँगै सुझाव पनि आएकाले जनताको अपेक्षा पूरा गर्नेगरी आफूहरुले काम गर्ने मन्त्री बाँस्कोटाले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version