काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेता शीतल निवासमा पुगेका थिए । साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन्।

नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको शीतल निवास स्रोतले जानकारी दिएको छ। राष्ट्रपति भण्डारीको निमन्त्रणामा सत्तापक्षका दुई र प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिको निमन्त्रणामा सभापति देउवा शीतल निवासमा गएको उनका सहयोगी भानु देउवाले पुष्टि गरे। ‘राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ’, उनले भने।

यता बालुवाटार स्रोतले समेत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताएको छ। राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले छलफलका विषय खुलाउन चाहेनन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version