चितवन: नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न÷नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ । आउँदा दिनमा यस्ता घटना नदोहो¥याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ । उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version