लहान – देशैभरी सञ्चालनमा रहेका मापदण्डविपरितका क्रसरलाई मापदण्डमा ल्याउने वहस तेज भैरहेका बेला सिरहामा मापदण्ड मिचेर नयाँ क्रसर उद्योगलाई अनुमती दिएको खुलेको छ। घरेलु तथा साना उद्योग कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको पाइएको छ।

घरेलु तथा साना उद्योग कार्यालयको अभिलेख अनुसार फागुन ८ गत्ते कर्जन्हा नगरपालिका–७ मा कमलामाइ क्रसर उद्योग लाई दर्ता अनुमती दिइएको हो। धनुषा र महोत्तरी जिल्लाका चारजना प्रोपराईटर रहेको यस उद्योगको दर्ता नम्बर १९३३ छ। प्रोपराइटरहरु जनकपुर उपमहानगरपालिका २ का रामबाबु साह, महोत्तरीका खलिल राईन, जनकपुर उपमाहानगरपालिका २ का रुबी साह र महोत्तरीका मो. इसराइल राइन हुन्। कर्जन्हा नगरपालिकाले दिएको सिफारिस र आईईई रिपोर्टको आधारमा कमलामाई क्रसर उद्योगलाई दर्ता अनुमती दिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका निमिति प्रमुख लक्ष्मी पौडेलले बताए। मैले त कानुन हेर्दै नहेरी पेश भएको फाइलमा संलग्न कागज हेरेर दर्ता अनुमती दिए पौडेलले भने। कानुनी रुपमा म फँसे उनले नागरिकसँग भने,ुकानुनले नगर्न भएको काम मैले गरिदिए।ु ुमैले ठूलो गल्ती गरेछुु उनले पटक पटक दोह¥याए। कानुनले नगरपालिका क्षेत्रमा क्रसर उद्योगलाई नयाँ दर्ता नदिन भनेको छ।

ढुँगा, रोडा उद्योग(क्रसर) स्थापना सम्बन्धि ऐनमा उल्लेखित मापदण्ड अनुसार नगरपालिका क्षेत्रमा यो उद्योग स्थापना गर्न नपाइने प्रष्ट छ। पौडेलले भने,ुकानुनमै भएको प्रष्ट व्यवस्था पनि मैले नहेरी दर्ता अनुमती दिएको रहेछु। कानुन मिचेर क्रसर उद्योगको दर्ता अनुमति दिनुअघि यस कार्यालयबाट कानुन मिचेरै बालुवा प्रशोधन केन्द्र पनि दर्ता भएको पाइएको छ।

३ भदौ ०७५ मा घरेलु तथा सना उद्योग कार्यालय लहानले गोेलबजार नगरपालिका ९ मा पुष्पदीप बालुवा गिट्टी प्रशोधन केन्द्रलाई दर्ता अनुमति दिएको छ। गोलबजार नगरपालिका ८ मा गोलबजार गिट्टी बालुवा उद्योगलाई साउन ०७५ मा दर्ता अनुमति दिइएको छ। धनगढीमाई नगरपालिका १३ मा लरुख भगवती गिट्टी बालुवा प्रशोधन उद्योगलाई दर्ता अनुमति दिइएको छ। यो समाचार नागरिक दैनिकबाट लिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version