काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन ‘जिएसएमए’को आयोजनामा स्पेनको वार्सिलोनामा यही फेब्रुअरी २५ देखि २७ तारिखसम्म मोबाइल कङ्ग्रेस, २०१९ अन्तर्गत हुने (जिएसएमए मिनिस्टेरियल प्रोग्राम २०१९) मा सहभागी हुन आज स्पेनको वार्सिलोना तर्फ प्रस्थान गरेका छन् ।

सो मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मोबाइल कङ्ग्रेसको मन्त्रिस्तरीय कार्यक्रममा विभिन्न देशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहने छ ।उक्त कार्यक्रम दूरसञ्चार क्षेत्रमा नीति निर्माण तथा अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण मानिने उल्लेख गरिएको छ ।

भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले विभिन्न मुलुकका मन्त्रीहरु तथा विशिष्ट प्रतिनिधिसँग द्विपक्षीय तथा बहुपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्नुहुने सो विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version