काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको छ महिनामा व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ३२ दशमलब १२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपालबाट ४५ अर्ब ४१ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ३० दशमलब ५० प्रतिशतले र निर्यात १० दशमलब ३१ प्रतिशतले बृद्दि भएको छ ।

निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुने र डलरकोसंग नेपाली रुपैयाँ भारी मात्रामा कमजोर हुँदा समीक्षा अवधिमा ब्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार २९ दशमलब ११ प्रतिशतले वृद्धि भई ७ खर्ब ६९ अर्ब ३४ करोड पुगेको छ ।

नेपालसंग व्यापार भएका १४२ देशमध्य नेपालको २९ देशसंगमात्र ब्यापार बचत छ भने ११३ देशसंग व्यापार घाटा रहेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ४ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा १ खर्ब ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा आवधिमा नेपालबाट भारतमा २७ अर्ब ५३ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा ४ खर्ब ६६ अर्ब ३९ करोड बराबरको सामान आयात भएको छ ।

त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा एक अर्ब ११ करोड रुपैयाँ बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा एक खर्ब ५ अर्ब ५२ करोड बराबरको सामान आयात भएको छ ।

त्यसैगरी, समीक्षा आवधिमा अरब एमिरेट्स १७ अर्ब ६५ करोड, फ्रान्ससंग १४ अर्ब ६९ करोड, इन्डोनेसियासंग ८ अर्ब १६ करोड, स्विजरल्याण्डसंग ७ अर्ब २९ करोड, थाइलेडंसंग ७ अर्ब ३६ करोड, क्यानाडासंग ५ अर्ब ९९ करोड, मलेशियासंग ५ अर्ब ९० करोड र अर्जेन्टिनासंग ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

यधपी, नेपालको संयुक्त राज्य अमेरिकासंग १८ करोड ५१ लाख, ऑस्ट्रियासंग २ करोड ९१ लाख, नर्वेसंग एक करोड, अफघानिस्तानसंग एक करोड ३७ लाख र सेन्ट्रल अफ्रिकन रिपब्लिकसंग २७ करोड ५८ लाख रुपैयाँ बरावरको व्यापार बचत रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version