काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापाक नेप्से परिसूचक आइतबार १० दशमलब ७५ अंकले घटेर एक हजार १०२ दशमलब ३२ अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४२ अंकले घटेर २३४ दशमलब १८ अंकमा झरेको छ ।
आज कूल १६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता शेयर २० करोड ९९ लाख ९७ हजार ५६९ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा बाणिज्य बैंक ९ दशमलब ०१ अंक, विकास बैंक ५ दशमलब २६ अंक र जलबिधुत ९ दशमलब ३२ अंकले घटेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ६९ दशमलब ०२ अंकले, जीवन बीमा ६१ अंकले र लघुवित्त २० दशमलब ७२ अंकले घटेका छन् ।
