काठमाडौँ: त्रिवि शिक्षण अस्पतालमा जारी रहेको सातवटै शवहरुको पोस्टमार्टम र एन्टे-मोर्टेमको काम विहिबार राति १० बजे सकिने भएको छ ।

दिउसो २ बजेदेखि त्रिवि अस्पतालको फोरेन्सिक बिभागमा जारी काममा झन्डै ८ घण्टा लागेको, अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले पहिलोक्लिकलाई बताए। बुधाबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको ताप्लेजुंगको दारेभिरमा घटनास्थलमै मृत्यु भएको थियो र उनीहरुको शव आज त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो।

यो खबर ९:३० बजेसम्म तयारपार्दा ५ जनाको पोस्टमार्टमकाम सकिएको उनले जानकारी दिए। पोस्टमार्टमको काम सकेपछि एन्टे-मोर्टेम र दुईको डाटा भिडाएर हेरेर काम सकिने उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version