काठमाडौँ: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेट्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले आज मन्त्री निवास पुल्चोक पुगेर अधिकारीकी धर्मपत्नी विद्या अधिकारीसहित परिवार र आफन्तजनलाई भेटेर दुःखको यस घडीमा धैर्य धारण गर्न आग्रह गर्दै समवेदना व्यक्त गर्नुभएको थियो ।

वरिष्ठ नेता पौडेलले आफू र पार्टीका तर्फबाट समवेदनासहित धैर्य धारणाका लागि आग्रह गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version