काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो ।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version