भद्रपुर: प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ ।

काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्नुहुने छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर आउनुभएको थियो ।

सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version