काठमाडौं: ग्याँस बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका ग्याँस उद्योगीले सरकारसँग ३ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् ।

३ बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् ।

उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

यस्तै पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version