काठमाडौँ: छुट्टै मधेस देशको अभियान चलाइरहेका सिके राउतले नेपालको अखण्डता स्वीकार्दै अभियान रोक्ने भएका छन्।
त्यसको घोषणा शुक्रबार दिउँसो १ बजे हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छेउमा राखेर राष्ट्रिय सभागृहबाट विशेष सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओली र राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने बताईएको छ ।
राउतसँग दुई महिनाभन्दा बढीदेखि भएको वार्तापछि उनी स्वतन्त्र मधेसको अभियान छोड्न राजी भएका हुन्।
हिजोमात्र राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।
Facebook Comments Box
