काठमाडौँ: शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेप्से २० दशमलब ३३ अंकले वृद्धि भएको छ । आज भएका १७६ कम्पनीको ७ हजार ६७९ कारोबारबाट विभिन्न कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५२ करोड ७७ लाख ३५ हजार ५५५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आजको कारोवारमासबै समूहको परिसूचक बढेका छन् ।

बाणिज्य बैंक समूहको परिसूचक २२ दशमलब २८ अंक, होटल २२ दशमलब ९४ अंक, विकास बैंक १८ दशमलब ७६ अंक, जलबिधुत ३२ दशमलब १२ अंक र उत्पादन ३२ दशमलब २९ अंकले बढेका छन् ।

त्यसैगरी, जीवन बीमा ७७ दशमलब १७ अंक र निर्जीवन बीमा २९ दशमलब ९२ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version