काठमाडौं: आर्सनल युरोपा लिग फुटबलको क्वारटफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति प्रिक्वारटफाइनलअन्तर्गत दोस्रो लेगमा रिनेसलाई ३–० गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वारटफाइनलमा प्रवेश गरेको हो।

पहिलो लेगमा ३–१ गोलअन्तरले पराजित भएको आर्सनलले उत्कृष्ट पुनगरागमन गर्दै ३–० गोलको जीत निकालेको हो । समग्रमा आर्सनलले ४–३ गोलअन्तरको जीत निकालेको हो ।

आर्सनलको जितमा इमेरिक आबुमेयाङले दुई तथा मैटल्यान्ड निलेसले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको पाँचौ मिनेटमा नै आबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा निलेसले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । त्यस्तै, ७२औं मिनेटमा आबुमेयाङले गोल गर्दै आर्सनललाई युरोपा लिगको क्वाटरफाइनल पुर्‍याएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version