एजेन्सी: सिरिज खेल न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ।

शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्।

उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए।

मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित्र राखिएको थियो। पछि उनीहरू बसबाट झरेर भागेका थिए। त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भए।

अहिले बंगलादेशी टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यलाई होटलको कोठाभित्र राखिएको छ।

उनीहरूले शनिबार न्युजिल्याण्डको अन्तिम टेस्ट म्याच खेल्ने/नखेल्ने अन्यौल भएको छ।

शुक्रबार न्युजिल्याण्डका दुई मस्जिदमा बन्दुकधारीले गोली चलाएको र केही मानिसको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले ४ जना बन्दुकधारीलाई पक्राउ गरेको बताए पनि मृतकको संख्या भने खुलाएको छैन।

प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले आज न्युजिल्याण्डको इतिहासमै सबैभन्दा कालो दिन भएको बताएकी छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version