मनिला, फिलिपिन्स: फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ ।
प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ ।
यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु भएकाहरूको संख्या काभिट, लगुना, बातान्गास, रिजाल र क्वेजोनमा धेरै रहेको छ ।
ती सवै प्रान्तहरुमा गरेर कुल ४४ सय १ प्रभावित भएका थिए भने ८७ जनाको मृत्यु भएको अधिकारीहरुको भनाई छ ।
सवैभन्दा धेरै एकदेखि चार बर्षसम्मका उमेर समूहका मानिसमा दादुराको प्रभाव धेरै देखिएको छ । त्यस उमेर समूहका छ हजार १८० अर्थात् २९ प्रतिशत विरामी रहेका छन् । त्यसैगरी उक्त उमेर समूहबाट मृत्यु हुनेको संख्या पनि १४२ अर्थात् ४५ प्रतिशत रहेको छ । रासस÷सिन्ह्वा
Trending
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
