काठमाडौं: प्रतिबन्धित नेकपा बिप्लब समुहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् ।
यो सँगै नेत्र बिक्रम चन्द ‘विप्लब’लाई अर्को धक्का लागेको छ । प्रहरी स्रोतका अनुसार आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ परेका श्रेष्ठलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।
द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।
सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। केही दिन अघी काभ्रेबाट मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ परेका थिए ।
Facebook Comments Box
