काठमाडौं: मोटो रकम आउने भएपछि नियम बिपरित भर्ना लिएका ३९१ बिद्यार्थीहरुको रजिष्टेशन गराउन पोखरा विश्वविद्यालयका पदाधिकारीहरु सहमत भएको बुझिएको छ ।
विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले प्राज्ञिक परिषद् बैठकको निर्णय विपरित डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुको भर्ना लिएकोमा उनीहरुको रजिष्टे«शन अस्वीकृत भएको थियो ।
तर अहिले विद्यार्थीहरुको परिक्षा नजिकिदैंगर्दा आर्थिक प्रलोभनका आधारमा नियम विपरित भर्ना भएका विद्यार्थीहरुको रजिष्टे«शन गरि विश्वविद्यालयको शैक्षिक गुणस्तर र मर्यादालाई खस्काउनेगरिे विश्वविद्यालयलाई आर्थीक चलखेलको अखडा बनाउन लागिएको स्रोतले जनाएको छ ।
आर्थीक चलखेलको सेटिङ्ग पछि फेरी डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुको रजिष्टे«शन गराउन विश्वविद्यालयका उप–कुलपति चिरिञ्जीबि शर्मा, रजिष्ट्रार गोबिन्द प्रसाद शर्मा, डिनहरु प्रा.डा. हरि बहादुर खड्का, डा. खेमराजजोशी, ई. बुद्धिराज जोशी, प्रा.डा. ईन्द्र प्रसाद तिवारी, परिक्षानियन्त्रक भरतराम ढुङ्गाना, गुलामखान र राजेश ठकुराठी सहमतभएका विश्वविद्यालएका एक शिक्षकले बताए ।
“मिति २०७५ जेठ १८ गतेको ६८औं प्राज्ञिक परिषद् बैठकको निर्णय अनुसार सबै स्नातकतहको योग्यता निर्धारण गरिएको प्रष्ट छ । त्यस पछि बसेको ६९औं र ७०औं प्राज्ञिक परिषद्को बैठकमा पनि डि प्लस ग्रेड सम्बन्धी कुनै प्रकारको निर्णय गरिएको छैन् ।” “अहिले आएर एकाएक डी प्लस ग्रेड ल्याएका विद्यार्थीको रजिष्टे«शन गराउन सहमत हुनुले आर्थीक अनियमितालाई प्रष्ट परेको छ ।”
पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपाल (आपन)ले प्राज्ञिक परिषद्को निर्णय विपरित ३९१ विद्यार्थीहरु निर्धारित योग्यता विपरित भर्ना गरी ४ वर्षका लागि अनुबन्ध गरी प्रति विद्यार्थी कम्तिमा ५ लाखका दरले २० करोड सुरक्षितगर्न लागेको पनि स्रोतको आरोप छ ।
सोही मोटो रकममा ¥याल काढ्दै उप–कुलपति, रजिष्ट्रार र सम्पूर्ण प्राज्ञिक परिषद्का सदस्यहरुले आफ्नो कार्यकालकोे अन्तिममा मोटो रकमका साथ विदा हुनखोजेको स्रोतको दावी छ ।
विश्वविद्यालयको गरिमा उच्च शैक्षिक मर्यादालाई खलल पु¥याई निहित स्वार्थ लिन सम्बन्धन प्राप्त कलेजहरुको संस्था ओपन लागेको देखिएको छ ।
ओपनका अध्यक्ष डा. रामचन्द्र अर्याल र महासचिव डा. नर बहादुर विष्ट पहिला सेटिङ्ग मिलाउन नसकेपछि सर्वोच्च अदालतमा मिति २०७५।११।१३ मा विश्वविद्यालयका विरुद्ध डि प्लस ग्रेड ल्याउने लाई रजिष्ट्रेसन गरि पाउँभनी उत्प्रेषण मुद्दा हालेकोमो मुद्दा हार्ने भए पछि मिति २०७५।१२।०८ गते फिर्ता लिएका थिए ।
पछि फेरी तिनै डि प्लस ग्रेड ल्याउने विद्यार्थीहरुलाई उक्साई मिति २०७५।१२।०५ गते अनु कुमार पटेलका नाममा विश्वविद्यालयविरुद्ध मुद्दा हाली मिति २०७५।१२।१० गते नै फिर्ता लिएको पनि जानकारी प्राप्त भएको छ ।
कानुनीबाटोबाट कुनै समाधान नआउने भएपछि ओपानले फेरी सेटिङ्गबाटै आर्थीक चलखेलको आधारमा अफ्नो स्वार्थ अनुकुल निर्णय गराउन लागेको स्रोतको दाबी छ ।
पोखरा विश्वविद्यालय प्राध्यापक संघ, कर्मचारी संघ, प्रगतिशिल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, स्वतन्त्र विद्यार्थी युनियन सबै एक मतले डि प्लस ग्रेड ल्याउनेलाई रजिष्टे«सन गराउन नहुने धारणामा रहेको स्रोतको दाबी छ ।
विगतमा ८० भन्दा बढी सम्बन्धन स्वीकृत गरी कमउ धन्दामा उप–कुलपति र रजिष्ट्रार यो पटक पनि मोटो रकम हात पारी बिदा हुने दाउमा रहेको बुझिएको छ ।
