काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ ।

विभागका अनुसार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version