काठमाडौँ: सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नेता ओलीलाई बन्दी बनाउनुको लिखित जवाफसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

 

नख्खुस्थित एनसेलको टावरमा बम विस्फोट गर्दा एक जनाको ज्यानसमेत गएको घटनाको जिम्मा लिएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको थियो ।

 

नेता ओलीका छोरी विपना ओलीले बिनाकारण प्रहरी पक्राउ गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गर्नुभएको थियो । ओलीलाई यही चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version