काठमाडौँ: बारामा आइतबार राति भएको हावाहुरीबाट प्रभावितका परिवारलाई यथोचित व्यवस्था गर्ने निर्णय सोमबारको मन्त्री परिषद बैठकले गरेको छ।

 

प्रदेश सरकारले प्रभावित परिवारलाई ३ लाख रुपियाँ दिने निर्णय गरिसकेको स्थितिमा सरकारले पीडित परिवारलाई परिपरी आउन सहयोग गर्न यस्तो निर्णय गरेको हो।

 

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रको भ्रमण सकेर आएपछि बसेको मन्त्री परिषदको बैठकले गरेका निर्णय निम्न बमोजिम छन्।

१. ज्यान गुमाउने प्रति श्रद्धासुृमन अर्पण, शोकसन्तब्ध परिवारप्रति समवेदना घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

२. घटना लगत्तै उद्धार कार्यमा खटिने सम्पूर्ण सुरक्षा निकाय, स्थानीय जनसमुदाय राजनीतिक दल, सामाजिक संघसंस्थाहरु, जनप्रतिनिधिहरु, निजी क्षेत्र, चिकित्सकहरु सक्रिय भएको पाइयो। उहाँहरु सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।

३. घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था सरकारले मिलाउने र उपचारमा कुनै कमीकमजोरी हुन नदिने निर्णाय गरिएको छ।

४. घाइते भई अपाङ तथा अशक्त हुनेहरु र मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरिएको छ ।

५. प्रभावित क्षेत्रमा कुनैपनि प्रकारको रोग फैपिलन नदिन औषधि उपकरण सहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय गरिएको छ।

६ विपद प्रभावित क्षेत्रमा विद्युत खानेपानी सञ्चार खाद्यान्न लगायतका सेवाहरु सुचारु बनाउने निर्णय गरिएको छ।

७ हावाहुरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्पूर्ण निकायले पूर्ण सतर्कता अपनाउने निर्णय गरिएको छ।

८. यी सबै कुराहरुको समन्वय गर्न गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ।

९ विपतबाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गरी यसको मूल्याङ्कन र तथ्य विवरण सहितको यथार्थ स्थिति प्रष्ट भइसकेपछि पुनस्र्थापना तथा पुनर्निर्माण लगायत आवस्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय पनि गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version