काठमाडौँ: भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो ।

 

थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन विमानस्थल बाहिरको नयाँ पार्किङ क्षेत्रमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

गृह मन्त्रालयले फागुन १३ मा जारी गरेको ‘गृह प्रशासन सञ्चालनको एक वर्ष’ प्रतिवेदनमा संगठित सुन तस्करीको सन्जाल ध्वस्त पारेको दाबी गरेको डेढ महिनापछि विमानस्थलबाट यति धेरै अवैध सुन बरामद भएको हो ।

 

शुत्रबार बरामद भएको सुन तस्करीको शैली भने नयाँ थियो । पक्राउ परेकाहरु प्रहरी अधिकारीहरुलाई झुक्याउन सुनको बाला, कल्की र सिक्रीमा विभिन्न धातुका लेप लगाएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version