कञ्चनपुर:नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कञ्चनपुर भीमदत्त नगरपालिकाका नगर सचिव ४१ वर्षीय रघुवीर जोशी पक्राउ परेका छन् ।

 

जोशीलाई सोही नगरपालिका–९ मटैनास्थित नेपाल–भारत सीमा स्तम्भ नं ५ नजिकबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

 

‘पक्राउ परेका जोशीमाथि आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने । जोशी भीमदत्त नगरपालिका–९ रिङौनाका बासिन्दा भएको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version