काठमाडौँ: बारा र पर्साका हावाहूरी पिडितहरुलाई राष्ट्रिय वाणिज्य बैंकले ७५ लाख रुपैयाँ प्रदान गरेको छ । बारा र पर्सा विभिन्न स्थानमा हावाहूरीको कारणवाट भएको ठूलो जनधनको क्षति प्रति बैंक परिवार दूःख व्यक्त गर्दै उक्त रकम प्रदान गरेको हो ।
उक्त प्राकृतिक विपदको कारणवाट दिवंगत भएका व्यक्तिहरुको चीर शान्तीको कामना गर्दै पिडित परिवारहरुलाई राहत पू¥याउने उ२ेश्यले राष्ट्रिय वाणिज्य बैंकको तर्फ वाट प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा जम्मा हूने गरि ७५ लाख को चेक आज एक समारोहका बिच प्रदान गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द मान गुरुङले उक्त चेक प्रधानमन्त्री के.पि. शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।
