काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर व्यक्तिका नाममा कायम गरिएका सरकारी जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।

 

नयाँ वर्ष २०७६ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिको अनधिकृत दोहन गर्नेलाई छुट नदिइने बताए। उनले विदेशी विनियम कारोबार, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अनुचित कामको छानबिन जारी रहेको बताए।

 

देशवासीलाई सम्बोधन गर्दै उनले भने ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जानेछन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ।’

 

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण रहेको बताउँदै अन्त्यका लागि लामो समय लाग्ने बताए। जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरी छाड्ने अभियानमा आफू प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए।

 

‘बेथिति र भ्रष्टाचार विरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति म आभार प्रकट गर्दछु। यसमा सघाउने सबै अभियन्ता, सञ्चारमाध्यम र जागरुक नागरिकहरू विशेष धन्यवादका पात्र हुनुहुन्छ। यस वर्षलाई थप उपलब्धिमूलक बनाउन लागि पर्ने संकल्प फेरि एक पटक जाहेर गर्दछु’ सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्।’

 

मुलुकलाई अब कुनै पनि द्वन्द्व र अशान्ति आवश्यक नरहेको बताए। अलग देश र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधान अनुरूप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नुलाई सरकारको सफलता भएको प्रधानमन्त्रीको भनाई छ। मुलुकबाट पृथकतावादको अन्त्य भएको प्रधानमन्त्रीको भनाई छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version