काठमाडौँ: भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईविरूद्ध यौन उत्पीडनको आरोप लागेको छ।

 

उनीविरूद्ध उनकी पूर्व जूनियर असिस्टेन्टले यौन उत्पीडनको आरोप लगाएकी हुन्। तर प्रधानन्यायाधीश गोगोईले भनेका छन्- न्यायपालिकाको स्वतन्त्रतामाथि प्रहार गर्नका लागि यस्तो आरोप लगाइएको हो। उनले न्यायपालिकालाई अस्थिर तुल्याउनको लागि षडयन्त्र भइरहेको प्रतिक्रिया दिए।

 

भारतीय संचारमाध्यमका अनुसार विभिन्न वेबसाइटमा खबर प्रकाशित भएपछि प्रधानन्यायाधीश गोगोईको अध्यक्षतामा सर्वोच्च अदालतमा तीन न्यायाधीश बैठक बसेका छन्।

 

यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि कुनै शक्ति परिचालित भएको उनले दाबी गरेका छन्।

 

आरोप लगाउने महिलाले २२ न्यायाधीशलाई चिठी पठाएकी छन्। जसमा उनले प्रधानन्यायाधीशले यौन हिंसा आरोप लगाएकी छन्। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version