काठमाडौं : मलेसिया रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको आजदेखि अनुगमन हुने भएको छ। २९० स्वास्थ्य संस्थाहरू इच्छुक देखिए पनि अनुगमन तथा निरीक्षणपश्चात मापदण्ड पुगेका स्वास्थ्य संस्थामात्रै छनोट हुने छन्।

 

मलेसियाले पठाएको मापदण्डका आधारमा नयाँ स्वास्थ्य संस्था छनोट गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार टोली बनाएर इच्छुक स्वास्थ्य संस्थाको छनोट गर्ने छ।

 

उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेज समेत मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका छन्। मन्त्रालयको विशेषज्ञ समितिको सचिवालयले सूचना जारी गरी प्राविधिक समेतको टोलीलाई आवयक विवरण दिएर सहयोग गर्न आह्वान गरेको छ।

 

स्वास्थ्य संस्था निरीक्षणका लागि तीनवटा टोली उपत्यकाबाहिर खटिने भएको छ। एक टोलीले उपत्यकाभित्रका स्वास्थ्य संस्थाको निरीक्षण गर्ने छ। मन्त्रालयले मलेसियामा मात्र नभई विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको निरीक्षण गर्ने छ।

 

टोलीमा तीन जना स्वास्थ्य प्राविधिक र एक जना मन्त्रालयका अधिकृत रहने छन्। मन्त्रालयले नयाँ संस्थाको विशेष अनुगमन गर्ने भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version