काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबविरुद्ध ५ विकेटको जित निकालेको छ।

 

टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।

 

यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।

 

दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् ।

 

यसैगरी पृथ्वी शाले ११ बलमा १३ रन बनाए । शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

 

पन्जाबकोतर्फ हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।

 

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरपि्रत बरार १२ बलमा २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।

 

दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए ।

 

सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version