एजेन्सी: तामिल, तेलेगु र मलायलम भाषाको प्रख्यात नायिका तथा नर्तकी साई पल्लवीले हालै आफुलाई आएको दुई करोड भारुको सौन्दर्य क्रिमको व्यापारिक बिज्ञापन खेल्न अस्विकार गरेकी छिन् । यो खबर दी इन्डियन एक्सप्रेसले लेखेको छ ।

 

हालै मात्रै मलायलम भाषाको एक हिट फिल्म दिएकी ‘अथिरन’मा उनको प्रमुख भूमिका छ। उनलाई हालै मात्र आएको एक फेयरनेस क्रिम ब्रान्डको सम्झौता गर्न इन्कार गरेको खबर पछि त झन् उनको फिल्मभन्दा यतिबेला उनले गरेको सो निर्णयबाट उनीइ थप चर्चामा छिन्।

 

उनले केही समय अघि पनि मारी-२ नामक अर्को हिट फिल्म दिएकी थिईन्। उनी भारतको तामिल नाडू राज्य जन्मिएकी हुन्।
उनको पूरा नाम साई पल्लवी सेन्थमराई हो।

 

आफु पनि कम मेकअप गर्ने भएको र यस्ता खालका उत्पादनलाई कमै प्रोत्साहन गर्ने भएकोले पनि उनले सो निर्णय रेको बुझिएको छ।
आफु चलचित्र खेल्दा पनि पल्लवीले खासै मेकअपको प्रयोग नगर्ने गरेकी छिन्। उनी भन्छिन् यो-आप्राकृति देखावटी हो महिला सौन्दर्यका लागि।

 

तपाईं आफै स्वयम को हो त्यसबारे निर्भिक हुनु पर्यो र आफ्नो छालाको रङको वास्तविकताबाट पछि नहट्न उनले सुझाएकी छिन्।

 

उनले सन् २०१५ बाट प्रेमाम नामक चलचित्रबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version