काठमाडौं: श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् ।

 

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

 

कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।

 

कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

 

घटनाको थप विवरण आउन बाँकी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version