काठमाडौँ: लगानीकर्ताले नाफा बुक गर्न खोज्दा मंगलबार शेयर बजारमा तीब्र उतारचढाव देखिएको छ।

 

नाफा सुरक्षित गर्ने लगानीकर्ताबीच चर्को बार्गेनिङ्ग चल्दा आज मंगलबार शेयर बजार परिसूचकमा तिब्र उतार-चढाब हुँदा शेयर कारोबार रकममा समेत संकुचन आएको छ ।

 

पौने २ बजेसम्म सकारात्मक बनेको बजारमा यसअघि सस्तोमा शेयर उठाएका लगानीकर्ताहरुको नाफा सुरक्षित गर्ने होड बढ्दा बजार ऋणात्मक हुन पुग्यो। अन्तत: अन्तिम १० मिनेटमा बजारले लय समात्दा करिब ४ अंकको सकारात्मक वृद्धि सहित बजार बन्द भएको हो।

 

निरन्तर बढ्दै आइरहेको शेयर बजार सूचक नेप्सेमा सोमबारको ७ अंकको करेक्शनपछि मंगलबार फेरि सुधार देखिएको हो । नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने सोमबारको तुलामा ४२ करोड खस्किएको छ।

 

मंगलबार नेप्से परिसूचक ३.७४ अंकको वृद्धिसँगै १२६०.६८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीका १८ लाख १ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार एक अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version