दाङ: प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २ सय ८८ पदक जित्दै नेपाल आर्मी च्याम्पियन बनेको छ।
१ सय ४० स्वर्ण, ८१ रजत र ६७ काँस्यपदकसहित कुल २ सय ८८ पदक जित्न सफल भएको छ।
आर्मीले कुल १ हजार १ सय ३९ पदकका लागि भएको प्रतिपर्धामा सर्वाधिक २ सय ८८ पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो।
बुधवार समापन भएको राष्ट्रिय प्रतियोगिताको प्राप्त नतिजा अनुसार नेपाल पुसिल १ सय ५७ पदक जित्दै दोस्रो बन्यो।
नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काँस्यसहित १ सय ५७ पदक जित्न सफल भएको छ। ५३ स्वर्णसहित २ सय ३ पदक जिते पनि एपिएफ तेस्रो भयो।
Facebook Comments Box
