काठमाडौँ: चीन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर बुधबार नै स्वदेश फर्किएकी हुन् ।

 

राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।

 

निर्धारित तालिकामा उनी बिहीबारमात्रै स्वदेश फर्कने कार्यक्रम थियो । बेईजिङको औपचारिक कार्यक्रम सकेर मङ्गलबार तिब्बत पुगेकी भण्डारी बाँकी सबै औपचारिक कार्यक्रम स्थगित गर्दै काठमाडौं फर्केकी हुन् ।

उनी चार्टर विमानबाट ल्हासा हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version